जनक्रान्तिलाई विजयमा पुर्याई छाड्ने प्रतिवद्धता

99

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेपाली क्रान्तिमा वीरजंगले गरेको त्याग, तपस्या र वलीदानीको पुर्ण रुपमा रक्षा गर्ने र जनक्रान्तिलाई विजयमा पुर्याई छाड्ने प्रतिवद्धता गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य वीरजंग (चन्द्र वहादुर चन्द) को मुटुरोगको उपचारको क्रममा भारतको दिल्ली स्थित म्याक्स अस्पतालमा विहिबार वेलुका ९ः०० बजे ६१ बर्षको उमेरमा दुखद निधन भए पछि सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक शोक वक्तव्य जारी गर्दै उक्त प्रतिबद्धता गरेको हो ।

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको शोक वक्तव्य यस प्रकार रहेको छ – “हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य क. वीरजंग (चन्द्र वहादुर चन्द) को मुटुरोगको उपचारको क्रममा भारतको दिल्ली स्थित म्याक्स अस्पतालमा बिहिबार वेलुका ९ः०० बजे ६१ बर्षको उमेरमा दुखद निधन हुन पुग्यो ।

विद्यार्थी कालमा पंचायती व्यवस्थाका विरुद्धको आन्दोलनमा सहभागी हुदैँ, नेपाल कम्युनिष्ट पार्टी (मशाल), नेकपा (एकताकेन्द्र), नेकपा (माओवादी), १० बर्षको महान जनयुद्ध, ०६२÷६३ पछि माओवादी पार्टी नेतृत्वमा आएको विचलनताका विरुद्ध दुईलाईन संघर्ष र हाम्रो पार्टी निमार्ण एवं एकीकृत जनक्रान्तिमा ऐतिहासिक, जुझारु र शाहसिक भुमिका निर्वाह गर्दै आउनु भएका हाम्रो पार्टीका नेता क. वीरजंगको असामहिक निधन एवं अपुरणीय क्षतिले पार्टी पंक्ति र नेपाली जनतालाई स्तव्ध तुल्याएको छ ।

२०१६ साल फाल्गुण ७ गते रोल्पा जिल्ला ईरिवाङ–६ मा जन्मिनुभएका क. वीरजंग हाम्रो पार्टी महासचिव क. विप्लवको जेठो दाई हुनुहुन्छ । सर्वप्रथम क. विरजंग प्रति ससम्मान भावपुर्ण श्रदणन्जली अर्पण गर्दछौँ । सहयोद्धा तथा दाईको निधनले शोकमग्न पार्टी महासचिव क. विप्लव लगायत सम्पुर्ण परिवारजन तथा आफन्तहरु, आफ्नो प्रिय नेताको निधनमा शोकाकुल सिङ्गो पार्टीपंति र आम नेपाली जनतामा हार्दिक समवेदना व्यक्त गर्दछौ ।

हाम्रो पार्टी नेपाली क्रान्तिमा उहाँले गरेको त्याग, तपस्या र वलीदानीको पुर्ण रुपमा रक्षा गर्ने र जनक्रान्तिलाई विजयमा पुर्याई छाड्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

क. वीरजंगप्रति श्रदा र शोक व्यक्त गर्न देशव्यापी रुपमा पार्टी कार्यालयहरुमा आजबाट ३ दिन सम्म (असोज २९, ३० र ३१) पार्टीको झण्डालाई आधा झुकाउने कार्यक्रम राखिएको छ । उहाँको पार्थिव शरिर दिल्ली स्थित म्याक्स अस्पतालबाट गृहनगर कपिलवस्तु जिल्लाको शिवगढी ल्याएर भोली असोज ३० गते अन्तिम श्रदान्जली सहित अन्त्यष्टी गरिने छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here