काठमाडौं । आजबाट सरकारी कार्यालय खुल्ला हुने भएको छ ।
बडा दशैंमा फूलपाती देखि दशमीको भोलिपल्ट एकादशीसम्म बिदापछि सरकारी कार्यालय खुल्ला हुने भएको हो । दशैंमा टीका भने कोगाज्रत पूर्णिमासम्म चल्नेछ ।
विगतमा कोगाज्रत पूर्णिमासम्म बिदा दिइने गरिएकोमा पछि कटौती गरिएको हो । सरकारी कार्यालय आजबाट खुल्ला हुने भएपछि दशैंमा घर गएकाहरु फर्कने क्रम चलेको छ ।
अधिकांश शैक्षिक संघसंस्था भने तिहार तथा छठपछि खुल्ने भएका छन् ।


















