काठमाडौं । गृह मन्त्रालयले ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को फेरबदल गरेका छन् । असोज ३१ गतेको गृहमन्त्री स्तरीय निर्णयले ८ जिल्लाका सिडिओ जिम्मेवारी फेरबदल गरेको हो।
गृह मन्त्रालयले किरण थापालाई कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएको छ। त्यस्तै गृहले पाल्पामा जगन्नाथ पन्त, अर्घाखाँचीमा हरि प्रसाद घिमिरे, सिन्धुपाल्चोकमा बेदनिधी खनाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ। गृहले डोल्पामा बेदनिधी अधिकारी, मुस्ताङमा नेत्र प्रसाद शर्मा, लमजुङमा श्रीनाथ पौडेल र स्याङजामा दिपकराज नेपाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो।


















