गृहमन्त्री मोहन वैद्यलाई भेट्न अस्पताल पुगे

91

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नर्भिक अस्पताल पुगेर नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका बैद्यलाई गृहमन्त्री खाँणले अस्पताल पुगेर भेटेका हुन्। अस्पतालमा वैद्यलाई उनले तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

विगत लामो समयदेखि दम रोगबाट पीडित वैद्यको उपचार र स्वास्थ्य अवस्थाबारे मन्त्री खाँणले उनको उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि जानकारी लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here