एजेन्सी । संसारका प्रसिद्व ग्नन्थ मध्ये श्रीमद्भागवत गीता पनि एक हाे जसकाे अध्ययनबाट अथाह ज्ञान प्राप्त गर्न सकिन्छ । विद्धानहरूको अनुसार गीताबाट धेरै राम्रा कुरा सिक्न सकिन्छ । महाभारतमा सिक्नको लागि धेरै कुरा छन् । पाँच पाण्डवको जीवनका घटनाक्रमबाट केही गुण सिक्न सकिन्छ । महाभारतको कहानीले केही न केही अवश्य सिकाएको छ ।
धैर्य र साहस
पाण्डवहरूले हरेक परिस्थितिको धैर्य र साहसको साथ मुकाबिला गरे । चाहे त्यो लक्ष्य गृहबाट बच्न होस वा युद्धमा कौरव भन्दा कमजोर हुनुको बाबजुद पनि चुनौती स्वीकार गर्न होस् । उनीहरूले धैर्य र साहसले नै युद्ध जितेका थिए ।
कठिन समयलाई अनुकूल बनाउने
वनवासको कठिन समयमा पाँच पाण्डवहरू आफै स्वयं शक्तिशाली बने । जहाँ पुगे त्यहाँ आफ्नो लागि समर्थन हासिल गरे । जस्तोसुकै परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाए ।
पारिवारिक एकता
पाँच पाण्डवको जीवनबाट हामीले एक अर्कालाई माया, सम्मान र एक जुट हुन सिक्न सकिन्छ । उनीहरू सधैँ मिलेर काम गर्नै भएकै कारण पाँच पाण्डवले १०० कौरवलाई पराजित गराए ।
सकारात्मक सोच
भनिन्छ सकारात्मक सोचले माटोलाई पनि सुन बनाइदिन्छ । जब कौरव र पाण्डवबिच राज्यको बाँडफाँट भयो, तब पाण्डवहरूको भागमा खण्डहर जङ्गल पर्यो । यद्यपि पाण्डवहरूले सकारात्मक सोच लिएर भयानक जङ्गललाई इन्द्रप्रस्थ जस्तो सुन्दर नगरमा परिणत गरिदिए ।
सबैप्रति विनम्रताको भाव
पाण्डवहरूले सबैप्रति विनम्र भाव राख्थे र कसैको अपमान गर्दैनथे । उनीहरूले धृतराष्ट्रलाई पिताको सम्मान दिएका थिए । त्यस्तै, भीष्म पितामह र द्रोणाचार्यप्रति सदैव आदर भाव देखाउँथे । धार्मिक ग्रन्थको सहयोगमा
















