पीएसजीले यूईएफए च्याम्पियन्स लिगमा रोमाञ्चक जित निकाले

71

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगमा रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले  आरबी लिपजिगमाथि ३–२ को जित निकालेको हो ।

पीएसजीको जितमा लियोनेल मेस्सीले २ गोल गरे भने किलियन एमबाप्पेले एक गोल गरे । आरबी लिपजिगका लागि आन्द्रे सिल्भा र नोर्दिक मुकिएले एक–एक गोल गरे ।

किलियन एमबाप्पेले नवों मिनेटमै पीएसजीलाई अग्रता दिलाएका थिए । तर लिपजिगका आन्द्रे सिल्भाले २८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

लिपजिगलाई नोर्डी मुकिइलेले गोल गर्दै ५७औं मिनेटमा अग्रता दिलाएका थिए ।

तर मेस्सीले अन्तिमतिर दुई गोल गरेर पीएसजीलाई जित दिलाए । उनले ६७औं मिनेटमा पहिलो र ७४औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here