काठमाडौं । आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्नका लागि नेपाली मुलका इटालीयन खेलाडी विकाश मेरालिया काठमाडौं आइपुगेका छन्।
इटालीमा बसेर व्यावसायिक फुटबल खेलिरहेका युवा स्ट्राइकर विकाश पहिलोपटक नेपाली लिग खेल्न फ्लाइ दुबईमार्फत् मंगलबार काठमाडौं आइपुगेका हुन् ।
इटालीयन क्लव एट्लान्टा क्लवको युथ टिमबाट खेलेका विकाशले आगामी कात्तिक २९ गतेदेखि हुने ‘ए’ डिभिजन लिग खेल्ने छन्।


















