युनाइटेडको रोमाञ्चक जित

75

काठमाडौं । च्याम्पियन्स लिगमा दुई गोलले पछि परेको प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ। युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलको पहिलो हाफमा २–० पछि परेको थियो।

तर, दोस्रो हाफमा तीन गोल गर्दै उसले इटालियन क्लब एटलान्टाविरुद्ध ३–२ गोलको जित निकालेको हो।च्याम्पियन्स लिगमा कमैमात्र देख्न पाइने – दुई गोलपछि परेको अवस्थाबाट पुनरागमन खेलमा युनाइटेडले रोमाञ्चक जित निकालेको हो।

खेलको पहिलो हाफमा एटलान्टाका मारियो पसालिक र मेरिह डिम्रियलले गोल गरेका थिए। त्यो गोलसँगै पहिलो हाफमा युनाइटेड २–० गोलले पछि पर्यो।

तर ओले गनर सोल्सायरको  टिमले दोस्रो हाफमा निकै आक्रामक खेल प्रस्तुत गर्दै खेललाई आफ्नो पोल्टामा पार्यो। दोस्रो हाफको आठ मिनेटमै मार्कस रासफर्डले ब्रुनो फर्नान्डेसको  पासमा गोल गर्दै गोलअन्तर घटाए।

त्यसपछि एडिसन काभानीको पासलाई सदुपयोग गर्दै डिफेन्डर ह्यारी मग्वायरले ७५ औं मिनेटमा खेललाई बराबरी गरेका थिए। बराबरीको अवस्थाबाट पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टसका लागि विजयी गोल गरे।

रोनाल्डोका लागि लुके सशले पास उपलब्ध गराएका थिए। र, यो गोलसँगै फेरि युनायटेडको समर्थकक लागि रोनाल्डो हिरो बनेका छन्। रोनाल्डोले दिलाएको जितसँगै युनाइटेड समूह एफको शीर्षस्थानमा छ।दोस्रो स्थानको एटलान्टाको ४ अंक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here