इङवा हाइड्रोपावरकाे आईपीओ निष्कासन हुने

60

काठमाडौं । इङवा हाइड्रोपावरले प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ। हाइड्रोपावरले अंकित मूल्य १०० रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता आईपीओ निष्कासनको तयारी गरेको छ।

कम्पनीले सेयर निष्कासन तथा बिक्रीका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

 

नेपाल एसबीआई मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र इङवा हाइड्रोपावरका सञ्चालक सतिश न्यौपानेले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। इङवा हाइड्रोपावरले ताप्लेजुङ जिल्लामा ९.७ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here