काठमाडौँ । शेयर बजार उच्च अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बजार ४६.०८ अंकले घटेको हो । २.२२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०३०.५९ अंकमा ओर्लिएको छ ।
आज २२९ कम्पनीका ८६ लाख १३ हजार ४ सय ८९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २४ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि ३ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । सिवाईसी नेपाल लघुवित्त, ङादी ग्रुप पावर र आँधीखोला लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९७ र ९.६१ प्रतिशतले नाफा कमाएका हुन् । नेप्सेमा सूचीकृत २२ कम्पनीको शेयर मूल्यमात्रै बढेको छ । आज घलेम्दी हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ६.६० प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार सानिमा बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त बैंकको ३० करोड २० लाख रुपियाँ बराबरको संस्थापक शेयर किनबेच भएको हो ।
साताको पहिलो दिन आइतबार ५७.६१ अंकले बजार बढ्दा २ अर्ब ८४ करोड ४ लाख ७३ हजार ९ सय ९९ रुपियाँ र हिजो सोमबार ९.७५ अंकले बजार घट्दा ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५ सय ९३.२१ रुपियाँ बराबरको कारोबार भएको थियो ।















