बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा पक्राउ

106

संखुवासभा ।  ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा धर्मदेवी नगरपालिका-२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई आफूलाई धामी बताउने कार्कीले कुटपिट गरी घाइते बनाएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here