काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–५ चारधारे नजिकैको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। धादिङ थाक्रे गाउँपालिका–३ घर भइ कीर्तिपुर बस्दै आएका सुजन लामाका छोरा ५ वर्षीय सुदिन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। पोखरीमा डुबेर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।


















