काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२२ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १७१, भक्तपुरमा १८ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजर ४४६ पुगेको छ । आज देशभर १० हजार ११६ जना होम आइसोलेसनमा, ८३० जना संस्थागत आइसोलेसनमा, २७९ जना आईसीयू तथा ९१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७०८ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार ३७६ वटा नमूनाको परीक्षण गर्दा ७०८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा ११ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।


















