विकास मेराग्लिया च्यासल युथ क्लबबाट खेल्ने पक्का

322

एजेन्सी । इटालीको यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास मेराग्लिया च्यासल युथ क्लबमा आबद्ध भएका छन्।

गत मंगलबार इटालीबाट नेपाल आएका विकाससँग च्यासलले शुक्रबार सम्झौता गरेको हो। अब उनले च्यासलबाट सिजनको सहिद स्मारक ए डिभिजन लिग खेल्नेछन्। ए डिभिजन लिग कात्तिक २९ बाट सुरू हुँदैछ।

६ वर्षको उमेरमा इटाली पुगेका उनी १३ वर्षपछि जन्मभूमी नेपाल फर्किएका हुन्। इटालियन नागरिकले विकासलाई एडप्ट गरेर इटाली लगेका थिए। उनलाई ललितपुरस्थित गोदावरी वेलफेयर संस्थाबाट इटाली लगिएको थियो।  इटालीको यू-१६ टिममा परेका उनले सिरि ए क्लब एटलान्टाको युथ टिमबाट पनि खेलेका थिए।

उनी सन् २०१८ मा इटालीको यू-१६ टिममा थिए। त्यतिबेला उनले दुई पटक टिमबाट खेल्ने अवसर पाएका थिए।  यसअघि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले विदेशमा रहेका नेपाली मूलका खेलाडीलाई खेलाउन पहल गर्नु पर्ने बताएका थिए।   साफ च्याम्पियनसिप २०२१ का दौरान अलमुताइरीले आफूले पनि विदेशमा रहेका नेपाली खेलाडीलाई खेलाउन कुरा गरेको बताएका थिए। त्यतिबेला उनले विकाससँग पनि कुरा गरेको संकेत गरेका थिए।

विकासले नेपाली टिमबाट खेल्न उनको नेपाली नागरिकता हुनु पर्नेछ।  यसअघि नेपाली राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएपछि अब्दुल्लाह अलमुताइरीले विदेशको युवा टिमबाट फुटबल खेल्ने दुई जना खेलाडीलाई प्रारम्भिक टिममा स्थान दिएका थिए।   गत चैत ३१ गते घोषणा गरिएको ३२ सदस्यीय टिममा कोरियामा फुटबल खेल्ने २० वर्षीय मनिष डाँगी र कतारी क्लबबाट खेल्दै आएका १९ वर्षीय श्यान्सु भुसाललाई समेटेका थिए। डाँगीले राष्ट्रिय टिममा स्थान बनाएका थिए। डाँगीले राष्ट्रिय टिमबाट दुई गोल गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here