काठमाडौं, ८ कात्तिक । काठमाडौंको बानेश्वरस्थित सडकमा ८ फिट भन्दा गहिरो भ्वाङ परेको छ ।
सिभिल असपताल र यातायात व्यवस्था विभाग अगाडि बीच सडकमा आइतबार साँझ एक्कासी भ्वाङ देखिएपछि उक्त लेन घेरिएको छ ।
ढल फुटेर भ्वाङ भएको हो अथवा कुनै अपराधिक गतिविधिको लागि सडक खनिएको हो भन्नेबारे कुनै अनुसन्धान भएको छैन । भ्वाङ नजिकै केही सिसाका टुक्रा पनि देखिएका छन् । यसबारे सुरक्षाकर्मीले माथिल्लो निकायमा जानकारी गराएको बताएका छन् ।

















