काठमाण्डौं । एएफसी अण्डर २३ एशियन कप छनाैटको समूह बी को खेलमा नेपाल ईरानसँग पराजित भएको छ । ताजकिस्तानको पामिर स्टेडियममा सोमबार साँझ सम्पन्न एएफसी अण्डर २३ एशियन कप छनाैटको समूह बी को खेलमा नेपाल ईरानसँग ४–० गोल अन्तरले पराजित भएको हो । ईरानको जितमा नोखोड्कारले दुई गोल गर्दा लामोउचिताराजीले एक गोल गरे ।
खेलको ७औं मिनटमा डि बक्सभित्र अभिषेक रिजालले फाउल गर्दा पाएको पेनल्टी किकको अवसरमा ईरान गोल गर्नबाट चुकेको थियो । ईरानलाई नेपालले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोश्रो हाफमा भने ईरान हावि बन्न पुग्यो । उसका लागि ४७औं मिनटमा लामोउचिताराजीले गोल गर्दै ईरानलाई शुरुवाती अग्रता दिलाएका थिए । यसपछि ७७ र ७९औं मिनटमा नोखोड्कारले लगातार दुई गोल गर्दै ईरानलाई ३–० गोल अन्तरको अग्रता दिलाए । यसपछि खेलको ईन्ज्युरी समयमा ईरानका कप्तानले गोल गर्दै नेपालबिरुद्ध ईरानलाई ४–० को जित दिलाए । समूह बी अन्तर्गत अब नेपालले प्रतियोगिताको दोश्रो खेल कार्तिक११ गते ताजकिस्तान र १४ गते लेबनानसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोलीले एएफसी अण्डर २३ एशियन कप खेल्नेछन् । यस्तै दोश्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि अण्डर २३ एशियन कपमा छनोट हुनेछ ।
‘छनौट अन्तरको पहिलो खेलमा हामी अपेक्षित नतिजा ल्याउनबाट बञ्चित बन्यौं, प्रशिक्षक महर्जनले भने,बलियो टोली इरानलाई पहिलो हाफमा नेपाल गोलरहित बराबरीमा रोक्न सफल बनेपनि दोस्रो हाफमा चार गोल खान बाध्य बन्यो, अबका दुई टोली पनि बलिया टोली हुन्, हामीले आफ्नो कमजोरीलाई सुधारेर राम्रो खेल्न जरुरी छ, अबको दुई खेलमा राम्रो खेल्ने प्रयासमा छौं।’ समूहको शीर्ष टोलीले एएफसी अण्डर २३ एशियन कप खेल्नेछन् । यस्तै दोश्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि अण्डर २३ एशियन कपमा छनोट हुनेछ । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।



















