बारा । जितपुरसिमरा उपमहानगरपालिका-८ इम्लीप्रतिस्थित शिव शक्ति घ्यू उद्योगको डाईनिङ रेस्ट रुममा करेन्ट सर्ट भई मंगलबार बिहान आगलागी हुँदा कोठामा रहेको १ थान सोफा, १ थान फ्रिज लगायतका सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















