लपु महानगरमा जेष्ठ नागरिकलाई निमोनियाविरूद्ध खोप

107

ललितपुर । ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ।

सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन उक्त खोप दिन लागिएको हो।

चौहत्तर वर्ष उमेरका व्यक्तिलाई आइतबारदेखि बुधबारसम्म पहिलो चरणको सो खोप दिइने भएको महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले जनाए। ‘यो खोप लगाउन इच्छुक व्यक्तिलाई उमेर खुल्ने परिचयपत्र साथमा लिएर बिहान ११ देखि ४ बजेसम्म आ–आफ्नो वडाको खोप केन्द्रमा आउन आग्रह गर्दछु,’ उनले भने।

पहिलो दिन सो खोप सात वडा अर्थात् १ देखि ५ हुँदै २८ र २९ मा दिइने थापाले जानकारी दिए। यसैगरी सोमबार ललितपुरको आठवटा वडा अर्थात् ६ देखि १३ का ज्येष्ठ नागरिकलाई दिनाका साथै मङ्गलबार सात वडा अर्थात् १४ देखि २० र अन्तिम दिन बुधबार सात वडा अर्थात् २१ देखि २७ का नागरिकलाई दिइने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। ललितपुरका २९ वडामा चार दिन सो खोप चल्ने भएको छ। RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here