बेलायतमा ६०० जनामा गरिएको अनुसन्धानकर्ताहरूले यस्तो जनाएका हुन् । उनीहरूले गरेको सो अध्ययन ल्यानसेटमा प्रकाशित भएको छ ।
अध्ययनमा भनिएको छ“ यद्यपि कोभिड–१९बाट गम्भीर रोग सर्न तथा मृत्यु हुन नदिन खोप उच्चरूपमा प्रभावकारी रहेको छ तर डेल्टा भेरियन्टलाई फैलिन यो खोप प्रभाकारी नभएको पाइएको छ ।” डेल्टा भेरियन्ट सार्नेहरूमा खोप लिएका र नलिएकामा खासै अन्तर नभएको अनुसन्धानकर्ताहरूको अध्ययनमा जनाइएको छ । अहिले दिइएको खोपले अल्फा लगायतका अन्य भेरियन्टहरूलाई रोक्न बढी प्रभावकारी रहेको छ । डेल्टा भेरियन्ट पहिलो पटक भारतमा फेला परेको थियो ।


















