त्यसपछि अब्दुल्लाह आज अन्तरास्ट्रिय बिमानस्थल झरेका हुन् । अब्दुल्लाहलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गरे । ‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु’, उनले लेखेका थिए ।
अब्दुल्लाहको प्रशिक्षणमा नेपाल साफ फाइनलमा भारतसँग पराजित हुँदै उपबिजेतामा सिमित भएको थियो । फाइनल अघिनै राजिनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका थिए । त्यस यता उनी पहिलो पटक नेपाल झरेका हुन् । यद्यपि एन्फाले तीन वर्षको सम्झौता बारेमा हालसम्म कुनै पनि आधिकारिक धारणा राखेको छैन ।


















