राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई सम्मान

69

नवलपरासी – आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट–१४ बुद्धबस्ती निवासी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले आज सम्मान गरेको छ।

पौडेललाई गृह जिल्लामा स्वागतसहित एक कार्यक्रम आयोजना गरी हौसलास्वरूप रु ५१ हजार र प्रमाणपत्रसहित नगरपालिकाले सम्मान गरेको हो।

नगरपालिकाले उच्च प्रदर्शन गर्दै विश्वकप क्वालिफायरमा छनोट भइ सिङ्गो राष्ट्रसहित बर्दघाट नगरपालिकालाई गौरवान्वित बनाउन सफल भएकामा बर्दघाट–१४ निवासी पौडेललाई सम्मान गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here