तीन दिने रुस भ्रमणमा सी

23

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले रुससँग चीनको नजिकको सम्बन्ध रहेको बताएका छन् । तीन दिने रुस भ्रमणमा रहेका सीले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि यस्तो बताएका हुन् ।

सीले रुसलाई भरपर्दो साझेदार रहेको पनि बताएका थिए । ‘हामी बृहत् रणनीतिक सहयोगका साझेदार हौं। यो स्थितिले हाम्रा देशहरूबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ भन्ने माग गर्छ,’ सीले भनेका छन् ।

आफ्नो यस भ्रमणले चीन-रूस सम्बन्धको चौतर्फी विकासको नयाँ अध्याय खुलेको पनि बताएका थिए । चीन र रुसले जनस्तरमा पनि लामो समयदेखि मित्रता बनाएको भन्दै सीले दुई देशबीच सुदृढ र प्रगाढ सम्बन्ध रहेको बताए ।

यस्तै उनले दुई देशबीचको सम्बन्धले ठोस लाभ प्राप्त हुने मात्रै नभएर विश्वकै विकास र प्रगतिमा पनि महत्त्वपूर्ण योगदान दिने बताएका छन् । ‘विगत एक दशकमा हाम्रा दुई देशले गैरगठबन्धन, गैरटकराव र कुनै तेस्रो पक्षलाई लक्षित नगरी द्विपक्षीय सम्बन्धलाई सुदृढ र प्रगाढ बनाएका छन्,’ सीले भनेका छन् ।

रुसमाथि अमेरिकी दबाब जारी रहँदा चिनियाँ राष्ट्रपति सीको रुस भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । यस क्रममा सीले चीन र रुसबीच सम्मान, शान्तिपूर्ण सहअस्तित्वसहितको उदाहरणीय सम्बन्ध रहेको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here