विविध क्षेत्रमा योगदान पुर्याउने महिलाकर्मी सम्मानित

48

काठमाडौं । शुभ अभियान मिडिया,नेपालले पाहाँचह्रे पर्वको अवसरमा समाजका विविध क्षेत्रमा योगदान पुर्याउने महिलाकर्मीहरुलाई आइतबार सम्मान गरेको छ।

कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याउने विद्यादेवि चित्रकार, स्वास्थ क्षेत्रबाट दिल कुमारी डंगोल, साहित्य क्षेत्रबाट लोचनतारा तुलाधर, संचार क्षेत्रबाट राज्यलक्ष्मी शाक्य र सामाजिक क्षेत्रबाट गिता गुरुङलाई उनीहरुको अमुल्य योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको कुरा शुभ अभियान मिडिया,नेपालकि अध्यक्ष र कार्यक्रम संयोजक प्रेरणा शाक्यले जानकारी गराए ।

नेवा: पत्रकार राष्ट्रिय पत्रकार दवु:का केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ ज्युकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सम्मानित ब्यक्तित्वहरु र उपस्तिथित वक्ताहरुले महिला सशक्तिकरण, हरेक क्षेत्रमा महिलाहरुको सक्रिय सहभागीता, बलियो उपस्थिति, नेतृत्वदायी प्रतिनिधित्वका साथै समग्र राष्ट्रिय एकता र समृद्धिको लागि महिलाहरुको भुमिकाको बारेमा प्रकाश पारेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here