– रिदेन महर्जन
विकास मेरागिल्या व्यक्तिको नाम हो । संस्कृतमा एउटा उखान रहेको छ ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात आपूm जन्मेको देश स्वर्ग भन्दा प्यारो हुन्छ । नेपालको अनाथालयबाट इटाली पुगेर तेह्रबर्षपछि विकास मेरागिल्या फर्किए जस्तै फर्किनुपर्छ । यस्तो भावना अहिलेका धन कमाउने नाममा, डिभीको चिठ्ठा परेर अमेरिका पलायन भएका तथा उच्च शिक्षा अध्ययन तथा धन कमाउने आशामा युरोप, अष्ट्रेलियमा पलायन भई विदेशीएका नेपालीहरुमा निक्कै न्यून भएको देखिन्छ । हुन त मातृभूमिप्रति माया सबैमा हुन्छ, तर धनले संसारै किन्न सकिएला तर आपूmलाई जन्म दिने आमा तथा मातृभूमि किन्न सकिदैन भन्ने भावनाका मेराग्लिया जस्तो हुनुपर्दछ ।
विकाश मेराग्लिया नेपाली मुलका इटालियन खेलाडी हुन, विकासले आपूm नेपाल फर्किन पाए पछि यस्तो भाव विभोर हुँदै — “म १३ बर्ष अघि इटाली जाँदादेखि नै नेपाल कसरी फर्किन सक्छु भनेर सोचिरहन्थे, अहिले तेह्र बर्ष देखिको मेरो नेपाल आउने सपना पुरा भएको छ । म यहाँ आउन पाएकोमा धेरै खुसी छु, मलाई साथ, सहयोग र माया गर्नु हुने सबैलाई विशेष धन्यवाद दिन चाहान्छु, अहिले सम्म मैले नेपालमा बसेर यो गर्छु भनेर केही निर्णय गरेको छैन, म बल्ल त तेह्र बर्षपछि नेपाल आएको छु, अब केही समय यहाँ बस्ने छु, यहाँको वातावरण बुझ्ने छु, त्यसपछि नेपालमै बस्ने कि के गर्ने भनेर सोच्ने भन्ने हो । उनले इटालीको सबै कुरा राम्रो छ, त्यहाँको सबै कुरा मलाइ पनि एकदमै मन पर्छ, तर मेरो मुटुमा कतै न कतै नेपाल भनेर रहिरहन्थ्यो, नेपालको लागि केही गर्नु पर्छ भन्ने अनुभुति अहिले पनि भैरहेको छ । पहिला पहिला नेपालको खेलहरु कसरी कहाँ हेर्ने भनेर केही थाहा थिएन, तर अहिले म नेपालका सबै खेलहरु हेर्ने गर्छु, नेपाली फुटबल फलो गर्ने गर्छु, अहिले नेपालको फुटबल धेरै राम्रो भएको रहेछ । यहाँका सबै खेलाडीहरु धेरै सहयोगी हुनुहुन्छ, सबैले एकअर्कालाई सहयोग र माया गर्नुहुन्छ । जुन मलाइ एकदमै राम्रो लाग्यो । म नेपाल आउनु को मुख्य कारण त लिग फुटबल खेल्नकै लागि हो, तर मेरो अर्को दोस्रो व्यक्तिगत कारण पनि छ जुन अहिले भन्न मिल्दैन । म समय आएपछि त्यो पनि भन्ने छु ।
यसैबीच विकास मेराग्लियाले आगामी कार्तिक २९ गतेदेखि शुरु हुन लागेको ए डिभिजन लिग खेल्नका लागि च्यासल युथ क्लबबाट लिग खेल्ने पक्का गरेपछि १४ संस्करणको साफ च्याम्पियन उपविजेता बनेर दुखि बनेका देशविदेशमा रहेका नेपाली फुटबल सर्मथकहरुमा फेरि एकचोटी खुशीयाली छाएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुलाह अल्मुताइरीले विदेशमा रहेका नेपाली मुलका खेलाडीहरुलाई राष्ट्रिय टिममा खेलाउने अवसर दिएमा अभैm नेपाली राष्ट्रिय टोली मजबुत बन्ने कुरामा विशेष जोड दिएका थिए ।
विश्वकप चार पटक विजेता तथा युरोकप दुई पटक विजेता युरोपेली राष्ट्र इटालीको १६ वर्षको राष्ट्रिय टोलीबाट खेलेर अनुभव संगालिसकेका विकास मेराग्लियाले इटाली सिरी ए क्लब एटलान्टाको जुनियर टोली, भेनेजियाको युवा टोली तथा काटोलिया र मारिग्लयानेसको सिनियर टोलीसमेत फुटबल खेलेको अनुभव रहेको छ । फुटबलबाटै पुनः नेपाल आउन सफल विकासका लागि नेपाल पुग्ने कुरा सपना जस्तै थियो ।
विकास मेरागिल्याको आगमनले नेपाली फुटबल जगतमा केही आशा पलाएको त, छदैछ, त्यसमा नेपाली फुटबलमा देखिएको कमजोरी र फोहरी राजनीतिकरणको अन्त्य गरी प्राविधिक रुपमा विकास गरी नेपाली फुटबल क्षेत्रको विकास हुने आशा पलाएको छ । – जनधारणा साप्ताहिकबाट


















