नेपाली चलचित्र उद्योगका चर्चित बरिष्ठ चलचित्रकर्मी पवन जोशीको लेखन तथा निर्देशनमा निर्माण भएको नेपालभाषाको कथानक चलचित्र ‘बसन्त ऋतु’ कीर्तिपुर पाँगास्थित सिनेकम्पलेक्समा कार्तिक १६ गते मंगलवार दिउँसो ३ बजे तथा कार्तिक १७ गते १२ बजे तथा कार्तिक १८ गते विहिबार १२ बजे प्रदर्शन हुनेछ ।
धुँ देय् प्रोडक्सन प्रा.लि.या निर्माता स्व. रामकृष्ण धिनाकाे निर्माण ‘बसन्त ऋतु’ चलचित्रमा किशोर चिपालु, अनु महर्जन, राजेन्द्र महर्जन, शोभा महर्जन, सुरेश महर्जन, सुशील श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचर्चित्रमा संगीतकार गुज्ये मालाकारले संगीत भरेका छन् भने राजेश शाक्यको छायाँकन रहेको छ । सो चलचित्र मार्फत हाम्रो नेपाली समाजका विसंगत तथा विकृतिलाई यर्थाथरूपमा चित्रण गर्न खोजिएको छ ।

















