पोखरा । अन्तर वडास्तरिय वडाध्यक्ष कप रेपिड चेस टुर्नामेन्टमा भक्तपुर नगरपालिका वडा नं ६ का युवा खेलाडी निकेन कुसाथा च्याम्पियन बने । स्वीसलिग ९ चरणको खेलमा निकेनले ६ जीत र ३ बराबरी खेलेर साढे सात अंक जोडेका थिए । उनले आकर्षक कपसहित नगद १५ हजार र प्याराग्लाइडिङ्ग प्याकेज हात पारे ।
माइन्ड फ्रेस चेस क्लब, पोखरा मनपा–१७ द्धारा आयोजित प्रतियोगितामा समान ७ अंक भएपनि प्रोग्रेसिव टाइब्रेकमा हेटौडा उपमनपा–१ का कृष्ण थापा दोश्रो, काठमाडौं मनपा–२५ का पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपाली तेश्रो, रौतहटका फिडेमास्टर रुपेश जैसवाल चौथौं, स्याङ्गजाका युवराज पौडेल पाँचौं र काठमाडौंका युवा खेलाडी पुरुषोत्तम सिलवाल छैटौं भए ।
त्यसैगरी पोखराका रामबहादुर क्षेत्री सातौं, पोखराकै महेश्वर अधिकारी आठौं, भक्तपुरका जगन्नाथ ताम्राकार नवौं र दमकका जीवन मैनाली दशौं भए । उनीहरुले जनही एक हजार नगद हात पारे ।
छोरेपाटन माबिको हलमा संचालित प्रतियोगितामा भक्तपुरका गणेशमान दुवाल उत्कृष्ठ भेट्रान र पोखराका बिनोद नाल्मी अनरेटेडतर्फ उत्कृष्ठ घोषित भए । उनीहरुले जनही नगद २ हजार प्राप्त गरे ।
३ दिने प्रतियोगितामा १५ जिल्लाका विभिन्न वडाबाट ७६ जना खेलाडीहरु सहभागी थिए ।

















