आरआर क्याम्पसमा एम.ए. नेपाल अध्यापन गराउन वार्षिक १५ लाख

154
काठमाडाैं ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन काठमाडौं महानगरपालिकाले वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७० औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । बैठकका अध्यक्ष शाक्यकाअनुसार महानगरले उपलब्ध गराउने रकममा नपुग खर्च क्याम्पसको आन्तरिक स्रोत तथा विद्यार्थीहरुबाट संकलन हुने शुल्कबाट व्यहोरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here