काठमाडाैं । नेवारहरूकाे मात्रै नभइ नेपालीहरूको मौलिक सम्बत् ११४३ काे अवसरमा गुँदेय् दापा खलको आयोजनामा कीर्तिपुरको बाघभैरवमा नेपाल संवत व शंखधर साख्वाः विषयमा खुल्ला बहस हुने भएको छ ।
बिहिबार ५ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागिता जनाउनका लागि सबैलाई आह्वान गरेको छ । नेपाल संवत व शंखधर साख्वाः खुल्ला बहस सहजकर्ता श्रीकृष्ण महर्जन हुनुहुन्छ भने वक्तापिहरुमा सुरेश किरण, ज्ञानुराम श्रेष्ठ, राजेन्द्र शाक्य ललितपुर, भरत महर्जन रहेका छन् ।
यो बर्ष कीर्तिपुरमा (इटाछेँ, ह्वाकंचा, बाकुननी, देय्पुखुसी, सतःक्व, सलिछेँ) टाेलको संयुक्त आयोजनामा नया बर्ष मनाउने कार्यक्रम रहेकाे छ ।


















