प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदै

75

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन देउवा बेलायत जानुभएको थियो ।

सम्मेलनमा भाग लिन २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा गत कात्तिक १२ गते लण्डन पुग्नुभएको थियो । प्रधानमन्त्री नेतृत्वको टोली स्कटल्याण्डबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै आज काडमाडौँ आउने कार्यक्रम छ ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवको टोली भने केहि दिन उतै रहनेभएको छ । अहिले पनि सम्मेलनमा अन्य सत्रहरुमा व्यस्त रहनुभएकोले वनमन्त्री यादव बाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किंदै हुनुहुन्छ । पाँचौँपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here