दाङतर्फ गुडिरहेको यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु

118

सल्यान । सल्यानबाट दाङतर्फ गुडिरहेको यात्रुवाहक बस आइतबार दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।सल्यानको जैसपानीबाट दाङतर्फ आइरहेको रा१ख २५५२ नम्वरको बस कपुरकोट गाउँपालिका ५ थारखोलामा पौने १२ वजे दुर्घटनामा परेको सल्यानका डीएसपी गोविन्दकुमार थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा २१ जना घाइते भएका छन्। घाइतेको उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ। दुर्घटनाको कारण खुल्न नसकेको भन्दै प्रहरी प्रमुख थापाले बिस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनास्थलमा ६ जनाको र उपचारका क्रममा ३ जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।सल्यान । सल्यानबाट दाङतर्फ गुडिरहेको यात्रुवाहक बस आइतबार दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।सल्यानको जैसपानीबाट दाङतर्फ आइरहेको रा१ख २५५२ नम्वरको बस कपुरकोट गाउँपालिका ५ थारखोलामा पौने १२ वजे दुर्घटनामा परेको सल्यानका डीएसपी गोविन्दकुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा २१ जना घाइते भएका छन्। घाइतेको उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ। दुर्घटनाको कारण खुल्न नसकेको भन्दै प्रहरी प्रमुख थापाले बिस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा ६ जनाको र उपचारका क्रममा ३ जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here