एमसीसीको विरोधमा उत्रिएका १ सय ३७ जना पक्राउ

249

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १ सय ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्रहरी कार्यालयमा राखिएको छ ।

सरकारले संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here