एन्फाको निलम्बन फुकुवा गर्न फिफासँग निरन्तर संवाद जारी

1

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवा गर्नका लागि फिफासँग निरन्तर संवाद भइरहेको जनाएका छन् ।

मन्त्री पोखरेलले मंगलबार सञ्चारकर्मीसँगको एक छलफलका क्रममा आफू मन्त्रीको हैसियतले फिफासँग इमेलमार्फत कुराकानी भइरहेको जनाएका हुन् ।

‘बाहिर हेर्दा सरकारले केही गरेको छैन जस्तो पनि लाग्न सक्छ, म मन्त्री भएको हैसियतले फिफासँग निरन्तर कुरा भइरहेको छ र हामी एउटा बाटोतर्फ जाँदै छौं’ मन्त्री पोखरेलले भनेका छन् ।

‘अब हुन लागेको साफ च्याम्पियनसिप फुटबल मिस नहुने हिसाबले तयारी गरिरहेका छौं, त्यो खेलाडीको अधिकार हो’ मन्त्री पोखरेलले थपे ।

उनले अब आउने एन्फाको नेतृत्वमा खेलाडी वा फुटबल बुझेको व्यक्ति हुनुपर्ने समेत जनाए । मन्त्री पोखरेलले योभन्दा अगाडिको सरकारले गर्न ढिलाइ गरेको काम आफुहरूले छोटो समयमै पूरा गरेको पनि जनाए ।

‘अघिल्लो सरकारबाट पुरस्कार घोषणा भएको लामो समयसम्म रकमको व्यवस्था हुन्थेन ।

हामी आएको चार महिना भयो, हामीले खेलाडीहरूलाई १० करोडको नगद पुरस्कार घोषणा गरेका छौं । वर्षौंसम्म नभएको काम हामीले चार महिनामै गर्न सकेका छौं । खेलाडीहरू खुसी हुनुहुन्छ’ मन्त्री पोखरेलले भने । यस्तै एसियन गेम्समा जाने खेलाडीहरूका लागिप यसपटक केही अतिरिक्त खर्च समेत दिएर पठाउने व्यवस्था गरेको उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here