नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत

57

काठमाडौं । पछिल्लो २४ घण्टामा ३७१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ६०६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई हजार ४२० जनामा एन्टीजेन परीक्षण गरिएकोमा १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेकोछ ।

पछिल्लो २४ घण्टामा ४२५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४५३ पुगेको छ ।  त्यस्तै नेपालमा हालसम्म सात हजार ६५४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १९ सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here