काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शीतलनिवासमा आइतबार दिउँसो राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको शीतलनिवास स्रोतले जनाएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।


















