पर्सा । प्रहरीले हुण्डी कारोबारको आरोपमा २० लाख रुपैयाँ नगदसहित एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा विश्रामपुगर गाउँपालिका–५ नकटुवाका ३१ वर्षीय चन्दनकुमार साह छन् । उनलाई प्रहरीले वीरगन्ज –८ घण्टाघरस्थित सडकबाट सोमबार दिउँसो डेढ बजे पक्राउ गरेको हो ।
ना ४८ प ७६९१ नम्बरको मोटरसाइकल चढी घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेका साहलाई रोकेर चेक गर्दा उनले बोकेको झोलामा श्रोत नखुलेको २० लाख रुपैयाँ भेटिएको थियो । रकम बरामद गरी मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपप् ओमप्रकाश खनालले जानकारी दिए ।
















