चीन र पाकिस्तानबीच बढ्दो सैन्य सहयोग

67

काठमाडौं ।  चीनले पाकिस्तानमा अहिलेसम्मको सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत निर्यात गरेको छ। यसलाई चीन र पाकिस्तानबीच बढ्दो सैन्य सहयोगको रुपमा हेरिएको बीबीसीले जनाएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले यसलाई दुई देशबीचको मित्रताको एक ठूलो उपलब्धि भएको बताएको छ।

यस युद्धपोतको निर्माण चाइना स्टेट शिप बिल्डिङ्ग कर्पोरेशन लिमिटेड (सीएसएससी) ले गरेको हो। कम्पनीले एक विज्ञप्तिमा यस युद्धपोतलाई चीनको शांघाइमा भएको एक समारोहमा पाकिस्तानी नौसेनालाई हस्तान्तरण गरेको जनाएको छ। पाकिस्तानी नौसेनाले चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सलाई बताए अनुसार टाइप ०५४ ए/पी युद्धपोतको नाम पीएनएस तुगरिल राखिएको छ।

चीनले पीएनएस तुगरिल जस्तै अन्य चार युद्धपोत पाकिस्तानी नौसेनाका लागि तयार गरिरहेको छ। यो जहाजलाई प्राविधिक रुपमा उन्नत र अत्यधिक सक्षम प्लेटफर्म मानिएको छ। साे युद्धपोतको निगरानीमा व्यापक क्षमताका अलावा जमिनबाट जमिन तथा जमिनबाट हवा र पानीको मुनी मिसाइल हान्ने क्षमता राख्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here