बन्दी प्रत्यक्षीकरणको रिट परेको इजलासबाहेक अरु सबै इजलास बहिस्कार भएका छन् । आज मंगलबारका लागि प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा २९८ मुद्दाको पेशी तोकेका थिए । तर तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलास मात्र बसेर एउटा बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाई गरेको छ भने अरू मुद्दामा हेर्न नभ्याइनेमा राखेको छ ।
यसबाहेकका सबै सबै इजलास न्यायाधीशहरुले बहिष्कार गरेका हुन् । उनीहरुले प्रधानन्यायाधीशले मार्ग प्रशस्त नगरेसम्म इजलासमा नबस्ने बताउँदै आएका छन् ।


















