कमेडी च्याम्पियन सिजन २ का फष्ट रनरअप विक्कीलाई मातृशोक

64

काठमाडौं- ‘कमेडी च्याम्पियन’ सिजन २ का फष्ट रनरअप विक्की अग्रवाललाई मातृशोक परेको छ। उनी आमा दुर्गा मगरको सोमबार साँझ निधन भएको बताइएको छ।

कपनको कोठमा बस्दै आएका विक्की भाइटिकाको दिन आमासहित नेपाल आएका थिए। सोमबार आमालाई कोठामा छोडेर बाहिर निस्किएका विक्कीले फर्किंदा आमालाई अचेत अवस्थामा भेटाएका थिए।

चावहिलको मेडिकेयर अस्पताल लगिएकोमा चिकित्सकले दुर्गालाई मृत घोषित गरेका थिए। दुर्गा उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित थिइन्। दुर्गाको निधनप्रति सामाजिक सञ्जालमार्फत थुप्रै सेलिब्रेटीले शोक ब्यक्त गरेका छन्।

हास्य कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय विकी अग्रवाल, तिमी आमाको मृत्युको दोषी हैनौं, सायद यति नै थियो उहाँको आयु। दिउँसो ३ बजे घरमा सकुसल छोडेर बाहिर हिँडेका विकी ४ घण्टापछि फर्कंदा आमालाई मृत पाउँदा कुन छोराले आमालाई सम्हाल्न सक्छ! प्रिय विकी, तिम्रो आमाको देहान्तले हामी मर्माहत भएका छौँ। उहाँको आत्माले शान्ती पाओस्। परिवारका सबै सदस्यहरूमा सहन सक्ने शक्ति प्राप्त होस्। त्यो छोटो भेटमा लामो माया लाउनु भएको थियो दुर्गा भाउजू, स्वर्गमा बास होस्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here