काठमाडौं । नेपाली बजारमा आज पहेलो धातुको भाउ बृद्धि भएको छ । मंगलबार २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको सुनको मुल्य आज ४ सयले बृद्धि भएको हो ।
महासंघको अनुसार आज चाँदीको मुल्य भने स्थिर रहेको छ । मंगलबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा कारोबार भैरहेको छ ।


















