१२औँ राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा

94

काठमाडौं । १२औँ राष्ट्रिय जनगणना भोलि बिहीबारदेखि सुरु हुँदै छ । त्यसको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ । त्यसका लागि ४० हजार गणक सहभागी हुँदै छन् ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार एकजना गणकले सामान्यतया १७५ परिवारको तथ्यांक संकलन गर्नेछन् ।

पहाडी र तराई क्षेत्रमा भने गणकले २०० परिवारसम्मको तथ्यांक संकलन गर्न सक्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले जनाएका छन् ।

विभागले जनगणनाका लागि ४० हजार गणक र आठ हजार ५०० जना सुपरिवेक्षक परिचालन गरिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here