उपत्यकामा डेङ्गुका बिरामी देखिन थाले

89

काठमाडौं । गर्मी मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको जोखिम उपत्यकामा बढेको छ । जाडो मौसम लागिसके पनि उपत्यकाका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखिन थालेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार टेकु, कालीमाटी, घट्टेकुलो, मैतीदेवी क्षेत्रका बासिन्दामा डेङ्गु ज्वरोका बिरामी देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अन्य जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा बढी डेङ्गुका बिरामी देखिएका छन् ।

महाशाखाका अनुसार गत साउनयता काठमाडौँमा ३२ जना डेङ्गुका बिरामी देखिएका छन् । म्याग्दीमा २७, कैलालीमा २२, सङ्खुवासभामा ४९ जना डेङ्गुका बिरामी देखिएका छन् । महाशाखाको तथ्याङ्कअनुसार गत साउनदेखि २९० जनामा डेङ्गु पुष्टि भएको छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले डेङ्गु नियन्त्रण गर्न सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै हरेक मानिसको घरमा डेङ्गुको लार्भा हुर्कन सक्ने वातावरण भएको हुनाले पहिले घरबाट नष्ट गर्नुपर्ने बताए । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा पुनले टेकु अस्पतालमा ज्वरो आएका बिरामी आउने गरेको बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here