स्टार इन्टरनेसनल अवार्डको दोस्रो संस्करणमा कलाकर्मीलाईअवार्ड प्रदान

152

काठमाडाैं । राजधानीमा हालै सम्पन्न स्टार इन्टरनेसनल अवार्डको दोस्रो संस्करणमा विभिन्न कलाकर्मीलाई सम्मान र अवार्ड प्रदान गरिएको छ।
लाजिम्पाटस्थित होटल र्‍याडिसनमा रक्षामन्त्री डा. मीनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा कलाकारहरु धिरेन शाक्य, गजित विष्ट, प्रेम पाण्डे, विपना बस्नेत, कलाकर्मी रमेश श्रेष्ठ, गायक रामकृष्ण श्रेष्ठ, गायिका सुनीता गुरुङ, खेलाडी तथा मोडल नन्दा बस्याल, सञ्चारकर्मी कृष्ण भुसाल, माधव निर्दोष, इभेन्ट अर्गनाइजर शान्ताकुमारी तामाङ, सौन्दर्यविद् मेनुका शिवाकोटी लगायतलाई सम्मानित गरिएको छ । दक्ष इन्टरनेसनलले आयोजना गरेको कार्यक्रममा अभिनेता सरोज खनालले वर्षको पपुलर अभिनेताको अवार्ड चुमे भने सुशील श्रेष्ठ नायक, विश्वजित रिमाल नवनायक, करुणा पाण्डे नवनायिका, सौरभ चौधरी नवनिर्देशक, दीर्घ खड्का सम्पादकको अवार्ड विजेता भए।

डा. डीआर उपाध्याय, माधवराज खरेल, प्रतिभा शर्मा चापागाईं, यमु शर्मा सुब्बा र मोहनकुमार खत्री गीतकार, सपन श्रेष्ठ पपगायक, अस्मिता परियार पप गायिका, किरण माइकल घिमिरे पपगीतकार, योगेशकाजी र सारिका घिमिरे तथा नील पुन मेलिना राई युगल गायन, संगीता थापा दोहोरी गायन, मेघ पौडेल डायोस्परा गायन, रमेश पाठक लोक पपगायक, राजेश बर्देवा लोकपप नवगायक, मञ्जु लावती थापा लोक गायन, डम्बर पाण्डे ‘प्रदीप’ राष्ट्रिय भाव गायक, खुमन अधिकारी लोकदोहोरी गायक, संगीता पौड्याल र गीता भट्टराई दोहोरी गायिका, दीपिका जेनीनव दोहोरी गायिका, मिलन विष्ट लोक पपगायक, ज्ञानेन्द्र शाह र डीआर सुजन लोक गायक, केहर सिंह प्यासी लोकप्रिय लोकदोहोरी गायक, प्रिन्स प्रसिद सिंह थापा बालमोडल, अभिषेक खड्का, सरिता सारा श्रेष्ठ, शिला क्षेत्री, अञ्जु न्यौपाने र प्रमिला सिलवाल  मोडल, सञ्चिता शाही मोडल जुरी अवार्ड, आशिष पुरुष डायोस्परा मोडल, शम्भु शाही र राज रोहन तुम्वाहाम्फे कोरियोग्राफर, जोगेन्द्र केसी अन्तर्राष्ट्रिय कोरियोग्राफर, गम्भीर विष्ट र सशान कँडेल म्युजिक भिडियो निर्देशक, बिनाश्रेष्ठ डेब्यु महिला म्युजिक भिडियो निर्देशकको अवार्ड विजेता भए।

त्यसै गरी, बालकृष्ण पोखरेल युथ इन्टरपेनर, आश्विनी कान्त झा फेशन कोरियोग्राफर, निशुकान्त झा र दिप्सन खाती इभेन्ट डाइरेक्टर, आदित्य कार्की फेशन रनवे मोडल, सफल बन्जारा इभेन्ट व्यवस्थापक, निशाथारू फेशन डिजाइनर, आकांक्षा विश्वकर्मा सर्वोत्कृष्ट रनवे मोडल, सागर आचार्य कोरियोग्राफ, ज्ञानु नगरकोटी ब्राइडल मेकअप आर्टिस्ट र आशा चन्द क्रियटिभ ब्युटिसियन अवार्ड विजेता भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here