अमेरिकालाई एमसिसी परियोजना फिर्ता लैजान वामदेवद्वारा आग्रह

75

काठमाडौं स् नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन्।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको उल्लेख गरेका छन्।

‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न’, विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु।’

गौतमले एकपक्षीय रुपमा भए पनि अमेरिकी सरकारलाई एमसीसी फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न आग्रह गरेका छन्।

एमसिसी सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने आशंका व्यक्त भइरहेको भन्दै उनले लेखेका छन्, ‘सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here