बन्ने भयो ‘दर्पणछाया २’

276

काठमाडौं/ सफल नेपाली चलचित्र ‘दर्पणछाया’को सिक्वेल बन्ने भएको छ । करिब १६ वर्षअगाडि निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दर्पणछाया’को सिक्वेलको रूपमा ‘दर्पणछाया २’ निर्माण हुने पक्का भएको हो । चलचित्रको राजधानीमा एक औपचारिक कार्यक्रमका साथ घोषणा गरिएको छ । साथै चलचित्रको आज बिहीबारबाट छायांकन सुरु हुने भएको छ ।

 
यस चलचित्रमा नयाा कलाकारहरू पुष्प खड्का, सहारा कार्की र श्रद्धा प्रसाईंको मुख्य भूमिका हुने कार्यक्रममा जनाइएको छ । कार्यक्रममा चलचित्रका मुख्य कलाकारले ‘दर्पणछाया’मा समावेश ‘लहनाले जुरायो कि’को साथमा ‘दर्पणछाया २’मा समावेश ‘दर्पणमा छाया कति राम्रो ?’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै निर्देशक तुलसी घिमिरेले यस चलचित्रमा सर्जकहरूको कथा हुने जनाएका छन् । उनले भने, ‘सर्जकहरूले छाडेर गएको छायामा धूलो लाग्छ । तर त्यो धूलो पुछेर सफा गर्ने कि झन् बिगार्ने भन्ने कुरामा चलचित्र घुम्नेछ ।’

 
यस सिक्वेल चलचित्रको लेखन तथा निर्देशन तुलसी घिमिरेले गर्ने भएका छन् भने चलचित्रका प्रस्तुतकर्ता डाक्टर लोपसाङ लामा हुन् । त्यस्तै सवु कार्की र रवि कार्की निर्माता रहने चलचित्रमा छायांकन भने शिव ढकाल र रामेश्वर कार्कीले गर्नेछन् । चलचित्रमा रञ्जित गजमेर र चन्दन लोम्जेलको संगीत तथा सरोज खनाल, वीएस राना, शेर बहादुर, सुमन घिमिरे, जीवन आचार्य, अशिम शेर्पा, फिरोज तिमिल्सिनाको पनि मुख्य भूमिका रहने जनाइएको छ । ‘दर्पण छाया’का कलाकाकार दीलिप रायमाझी, उत्तम प्रधान, निरुता सिंह भने सिक्वेलमा नदेखिने प्रष्ट पारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here