मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग

63

काठमाडौं ।  नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।  संघका महामन्त्री बलदेव तिमल्सिनाले उपभोक्तालाई पीडा दिने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति भर्त्सना गरेका छन्।  उनले भने, ‘मूल्यवद्धि जनविरोधी कार्य हो।

अत्यावश्यकीय उपभोग्य वस्तुमाथि पटकपटक गरिएको मूल्य वृद्धिले उपभोक्ताले चरम पीडा खेप्नुपरेको अवस्थामा सरकारलाई उक्त मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दछु।’

 सरकारले बुधबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य १३६ रुपैयाँ प्रतिलिटर, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ कायम गरेको छ। यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ बनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here