नेत्रविक्रम चन्द पनि माओवादी  केन्द्रमै फर्कने : प्रचण्ड

149

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी  केन्द्रमै फर्कने विश्वास व्यक्त गरेका छन्।

माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग संवाद भइरहेकाले ढिलो चाँडो विप्लव पनि आउने उनले बताए। ‘विप्लव पनि ढिलोचाँडो आउनुहुन्छ। अलग भएर होइन, एक ठाउँ भई नेपाली क्रान्तिलाई मौलिक तरिकाले अघि लान सकिन्छ,’ पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘एक्लै क्रान्ति गर्छु भन्दा क्षति मात्रै हुन्छ। विप्लवलाई अंकमाल गर्ने प्रतिक्षामा छु।’

पार्टी विभाजन गरी बाहिरिएका मोहन वैद्य र बाबुराम भट्टराईसँग एकताका लागि कुराकानी चलिरहेको पनि उनले बताए।

प्रतिक्रियावादीहरु माओवादी आन्दोलनका उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागिरहेको उनको आरोप छ। ‘माओवादी र त्यसको नेतृत्वको हिसाबले प्रचण्डलाई नसिद्ध्याएसम्म हुँदो रहेनछ भनेर लागेका छन्,’ उनले भने, ‘प्रचण्ड नसिद्धिएसम्म माओवादी आन्दोलन नसिद्धिने भनी घेराबन्दी भइरहेका छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here