प्रहरीमा जागिर छाड्नेको लर्को

36

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत गरेको जानकारी दियो ।

यही माघ १२ गते विमानस्थलमा अध्यागमनका अधिकृत र प्रहरी कर्मचारीबिच हातपातको घटनामा संलग्न प्रहरीलाई कारबाही र अध्यागमन कर्मचारीलाई उन्मुक्ति दिन सिफारिस गरिएको भन्दै असन्तुष्ट चन्दले राजीनामा दिएको चर्चा चलेको थियो ।

यसअघि गत फागुन १० गते डिआइजी अशोक सिंहले राजीनामा दिनुभएको थियो । ११ चैत २०७२ मा नियुक्ति हुने ३० औं प्रहरी प्रमुखका दाबेदार मानिएका सिंहको जन्ममिति विवाद सार्वजनिक भएपछि राजीनामा आएको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा आफूलाई पछाडि पारेर कनिष्ठलाई सिफारिस गरेपछि तत्कालीन प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले गत वैशाख १७ गते राजीनामा दिए । त्यसअघि २०७५ साल माघ २५ गते एसपी नरेन्द्र उप्रेतीले पनि यही आरोप लगाएर पदबाट राजीनामा दिए।

नेपाल प्रहरीमा जागिर छाड्ने यो केही प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय नेपाल प्रहरीमा विभिन्न कारण देखाएर जागिर छाड्ने क्रम बढेको छ । गोरखापत्रमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here