ब्राजिल विश्वकप छनाैटमा तेस्राे देश

69
ब्राजिल फिफा विश्वकप २०२२ कतारका लागि छनोट हुने तेस्रो टिम बनेको छ। दक्षिण अमेरिकन छनोटमा शुक्रबार विहान सकिएको खेलमा कोलम्बियालाई १(० गोलले पराजित गरेपछि ब्राजिलले कतारको टिकट पक्का गरेको हो।

यसअघि युरोपबाट दुई टिमले विश्वकपमा स्थान पक्का गरिसकेका छन्। जर्मनीले युरोपियन छनोटको समूह ‘जे’ को विजेता र डेनमार्कले समूह ‘एफ’ को विजेता बन्दै विश्वकपमा स्थान पक्का गरेका थिए। कतार भने आयोजकको रुपमा स्वतस् छनोट भइसकेको छ।

 शुक्रबार ब्राजिलको जितमा लुकास पाक्युटाले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ७२ मिनेटमा गोल गरेका थिए।

दक्षिण अमेरिकन छनोटमा ब्राजिल १२ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अर्जेन्टिनाको ११ खेलबाट २५ अंक छ। ब्राजिलले छनोटमा ६ खेल बाँकी रहदै विश्वकपमा स्थान पक्का गरेको हो।

दक्षिण अमेरिकन छनोटबाट शीर्ष चार टिम विश्वकपमा सिधैं छनोट हुने प्रावधान छ। जसमा चौथो स्थानको चिली, पाँचौ स्थानको कोलम्बिया र छैटौं स्थानको उरुग्वेले १६(१६ अंक जोडेका छन्।

तीनै टिम अन्तिम पाँच खेल खेल्न बाँकी रहदा ब्राजिल भन्दा १८ अंकले पछि छन्। जसका कारण ब्राजिलले ६ खेल बाँकी रहदै विश्वकपमा स्थान पक्का गर्न सफल भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here