काठमाडौं । प्रभु बैंकले नेप्सेलाई स्पष्टीकरण बुझाएको छ । बैंकले स्पष्टीकरण बुझाएसँगै नेप्सेले बैंकको कारोबार फुकुवा गरेको हो । बैंकले नेप्सेलाई आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिवद्धता व्यक्त गरेको छ । यसअघि नेप्सेले सेयर कारोबार चलिरहेको समयमा सञ्चालक समिति बैठक गरी लाभांश वितरणको प्रस्ताव पारित गरेको भन्दै बैंकको सेयर कारोबार रोक्का गरेको थियो ।
बैंकको कार्तिक २३ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १२% बोनस र कर तिर्न ०.६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


















