ग्लोबल आइएमई बैंकको मेरी उनीलाई मुद्धती खाता

69

एजेन्सी । गत सोमबार टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका कारण दुवै देशमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ६ हजारमाथि र सिरीयामा दुई हजार बढी मानिसहरु मारिएका छन् । यस्तै दशौँ हजार नागरिक घाईते भएका छन् ।

हजाराँै भवनहरु ध्वस्त भएका छन् । अहिले ठूलो संख्यामा उद्धारकर्मीहरु परिचालित भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

अर्दोनले सहयोग पठाउने वा प्रस्ताव गर्ने देशहरूलाई धन्यवाद समेत दिएको समाचारहरुमा उल्लेख गरिएको छ।

यससँगै उनले देशका दक्षिणका १० प्रदेशमा तीन महिनाका लागि सङ्कटकाल घोषणा गरिएको जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here